मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालतमा रविले दिए निवेदन

जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालतमा रविले दिए निवेदन

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएका थिए । फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा आज निवेदन दर्ता गराएका उनको सचिवालयले जानकारी दिएको छ ।

अब रविले चितवनको सहारा सहकारीसम्बन्धी मुद्दामा त्यहाँको जिल्ला अदालतले ५४ लाख धरौटीमा थुनामुक्त गर्ने आदेशविरुद्ध उच्च अदालतमा फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन दिन बाँकी छ। लामिछानेले कास्की र रुपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन् ।

त्यस्तै पर्साको सानो पाइला सहकारीको बचत अपचलनबारे लामिछानेविरुद्ध अनुसन्धान गरिए पनि अहिलेसम्म मुद्दा दर्ता भने गरिएको छैन । पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने हरिहर भवन आउने जानकारीपछि रास्वपाका सदस्यहरू अदालत बाहिरको मुख्य सडकमा जम्मा भएका थिए। अदालतबाट फर्किंदा लामिछानेले उनीहरूसहित सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका थिए ।