मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको जागरण अभियान आजदेखि पुनः सुरु

माओवादी केन्द्रको जागरण अभियान आजदेखि पुनः सुरु

न्यूजस्टोरी

काठमाडौं, ७ चैत्र । नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजदेखि पुनः सुरु हुँदैछ । फागुन १२ देखि सुरु भएको हुलाकी राजमार्ग केन्द्रीत तराई-मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो । बिहीबारदेखि पुनः सुरु हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् ।

त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार नै बारा पुगिसकेका छन् । जागरण अभियान अन्तर्गतको आजको कार्यक्रम बारामा हुनेछ । त्यसपछि शुक्रबार, पर्सा र शनिबार चितवनमा हुने बताइएको छ ।