काठमाडौं । सेयर बजारमा लगातार गिरावटको क्रम जारी रहेको छ। नेप्से आज १४.८८ अकंले घटेर २६८२.१५ बिन्दुका बन्द भएको छ । आज ३११ कम्पनीको ९५ लाख ८३ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १४ करोडको कारोबार भएको छ ।
यसदिन फाइनान्स समूह र जीवन बीमा समूहको सेयरमूल्य सर्वाधिक घटेको छ । बुधबार फाइनान्सको १.५३ प्रतिशत र जीवन बीमा समूहको १.४८ प्रतिशतले सेयरमूल्य घटेकोछ । साथै, अन्य ७ उपसूचक समेत राताम्य भएका छन् ।
आज ५३ कम्पनीको सेयरमूल्य बढेपनि १८३ कम्पनीको मूल्य घटेको छ ।आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।


प्रतिक्रिया