मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रोकाहा विजयी

कमर्श क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका रोकाहा विजयी

न्यूजस्टोरी

काठमाडौं । नेपाल कमर्श क्याम्पस मिनभवनको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका विशाल रोकाहा विजयी भएका छन् । उनी एक हजार ५३ मतसहित सभापतिमा विजयी भएका हुन् । राजनीतिसँगै पढाइमा पनि अब्बल रहेका विशालले नेपाल कमर्स क्याम्पसबाट बीबीएसमा सर्वोत्कृष्ट स्थान हासिल गरेका थिए । उनी हाल व्यवस्थापन संकायमा स्नातकोत्तर तहमा अध्ययनरत छन् ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी नेविसंघका रविन वलीले ८६० मत पाए । यसैगरी अखिल क्रान्तिकारीका काशीराम जैसी (घोडासैनी)ले १७९ र अखिल समाजवादीका सलुन खड्का (रकेट)ले ५७ मत पाए । सचिव पदमा नेविसंघकी ज्ञानु दाहाल विजयी भइन् । उनले ९९४ मत पाएर विजयी हुँदा अनेरास्ववियुका मिलन ओझाको पक्षमा ९२९ मत पर्‍यो ।

सन्देशकुमार थिङले ११० र दिपक खड्काले १०७ मत पाए। कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार विजयी भए । नेविसंघका सुशील खड्का १०७७ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सौगात पुरीले ९३९ मत पाए । अखिल क्रान्तिकारी बहुमतकी सम्झना खड्काले १४० र राप्रविसंघका चक्रे चलाउनेले ३७ मत पाए ।