मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु

मोरङको आगलागीमा परेको भनिएका बालक सकुशल भेटिए, एक बालिकाको मृत्यु

न्यूजस्टोरी

मोरङ । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भएको भनिएका बालक सकुशल भेटिएका छन् । मोरङको धनपालथान गाउँपालिका– ७ कदमाहमा मंगलबार दिउँसो भएको आगलागीमा परी एक तीन वर्षीया बालिकाको भने मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका– ७ कदमाहस्थित मुस्लिम टोलका मोहम्मद हनिफकी तीन वर्षीया छोरी रेश्मा खातुनको आगलागीमा परेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । दिउँसो १२ बजेतिर सुरु भएको आगलागीमा परी खातुनको मृत्यु भएको हो ।

दिउँसो १२ बजेतिरबाट सुरु भएको आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । आगलागीबाट १२ घर परिवारको करिब १७ वटा घर टहरा जलेर नष्ट भएको डिएसपी जोशीले जानकारी दिए । चर्को घाम लागेको र हावा चलेका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो । नेपाली सेना, प्रहरी, स्थानीय र दमकलको सहायतामा आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागी कहाँबाट, के कारणले सुरु भयो र कति क्षति भयो भन्ने खुली नसकेको हुँदा घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।