मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो

१२८ यात्रु लिएर छेन्दुबाट पोखरा आएको सिचुवान एयर १२६ यात्रु लिएर चीन फर्कियो

न्यूजस्टोरी

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सले पहिलोपटक व्यवसायिक उडान सुरु गरेको छ । यो वायुसेवाले १२८ यात्रुसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने पौन १२ बजेट १२६ यात्रु लिएर फर्किएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले बताए ।

यो वायुसेवाको अव एक सातापछि अर्थात १२ चैतमा अर्को चार्टर उडान गर्नेभएको छ । त्यसपछि नियमित सेड्युल उडानको तालिका पेश गर्ने गरी तयारी गरेको जानकारी पोखरा विमानस्थललाई दिएको छ । पोखरा विमानस्थल निर्माण भएर औपचारिक सुरुवात भएको २ वर्षसम्म पनि नियमित उडान हुन सकेको थिएन । अब भने यो विमानस्थलमा नियमित उडान हुने भएको छ । सिचुवानले अब एउटा चार्टर उडान गरेर सेड्युलको तालिका पेश गर्ने भएको छ भने हिमालय एयरलाइन्सले पनि १८ चैतबाट साताको एउटा उडान गर्ने तयारी गरिरहेको छ ।

नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान गरेको हो । सिचुआन प्रान्तको सहयोगमा सिचुआन एयरलाइन्सले मंगलबारबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक व्यावसायिक चार्टर उडान भएको हो ।
छेन्दुबाट पोखरामा आएको सिचुवान एयरलाइन्समार्फत नेपाली प्रतिनिधिमण्डल पोखरा छेन्दु फ्लाइट प्रमोसन एण्ड चाइना (सिचुआन)सेल्स मिसन २०२५ुका लागि गएका छन् ।

नेपाली प्रतिनिधिमण्डलको टोलीले छेन्दु, लुझाउ, लेसानलगायतका चिनियाँ शहरमा हुने विभिन्‍न सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिमण्डलसँग व्यावसायिक बैठकमा सहभागिता जनाउने गरी गएका छन् ।