मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली

सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले बनायो टोली

न्यूजस्टोरी

काठमाडौं । सरकारसँग वार्ता गर्न ‘नो केवलकार’ पक्षले १० सदस्यीय वार्ता टोली बनाएको छ । समूहको संयोजकमा सरस्वता सिंघक (सरु) चयन भएकी छन् । टोलीमा कुमार लिम्बू, सूर्यविक्रम चेम्जोङ, धनराज हुक्पा चोङवाङ, दीपक याक्खा, लवन न्यौपाने, सन्तोष मेहता, पदम जवेगु, सूर्यप्रकाश मावोहाङ (आलोक) र अर्जुन जुम्नेली राई सदस्यका रूपमा छन् ।

‘नो केवलकार’ घटकहरूले जारी गरेको विज्ञप्तिमा वार्ता टोली गठनको जानकारी दिइएको छ । सरकारले चैत १ गते मुक्कुमलुङ ताङेसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलिय संघर्ष समितिलाई सम्बोधन गर्दै समस्या समाधानका लागि वार्तामा बस्न आह्वान गरेको थियो । सरकारले गृहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता टोली गठन गरिसकेको छ । अब आन्दोलनरत पक्ष र सरकारबीच छलफल हुन लागेको छ । जसले केवलकारको विषयमा जारी विवादको समाधान निकाल्ने अपेक्षा गरिएको छ ।