मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, दर्जनौँ मानिसको मृत्यु भएको आशङ्का

म्यासेडोनियाको नाइट क्लबमा आगलागी, दर्जनौँ मानिसको मृत्यु भएको आशङ्का

न्यूजस्टोरी

काठमाडौं । उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा भएको आगलागीमा दर्जनौँ मानिसको मृत्यु भएको आशङ्का गरिएको छ।

राजधानी स्कोप्जेबाट करिब १०० किमि पूर्वमा रहेको कोचानि सहरको पल्स क्लबमा आइतबार बिहानैदेखि आगलागी भएको हो । सामाजिक सञ्जालमा पोस्ट गरिएका फुटेजहरूमा भवन पूरै जलेको र धुवाँ आकाशमा उडिरहेको देख्न सकिन्छ।

५० जनासम्मको मृत्यु र सयौँ घाइते भएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तर यसको आधिकारिक पुष्टि हुन भने बाँकी नै छ । रिपोर्टकाअनुसार, एडीएन ब्यान्डको प्रस्तुति भइरहेका बेला आगलागी सुरु भएको थियो । घटनाको बेला १५ सयभन्दा बढी मानिस कन्सर्टमा उपस्थित रहेको बीबीसीले जनाएको छ ।