काठमाडौँ । नेपालको राजतन्त्रबारे एमाले सांसद रघुजी पन्त र राप्रपा सांसद ज्ञानेन्द्र शाहीबीच संसद्मै भनाभन भएको छ । ईतिहास तोडमोड गर्न खोजेको भन्दै राप्रपाका सांसद शाहीले नियमापत्ति गरेपछि पन्त प्रतिकारमा उत्रिएका हुन् ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा एमाले सांसद पन्तले राजा त्रिभुवन भारत प्रवासमा रहेको बेलाको प्रशंगको कुरा गरेका थिए । नेपालका राजाले कोलकत्ताको क्लबमा महिलासँग रसरंग गरेको विषयमा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले समेत बोलेको सांसद पन्तले बताएका थिए । त्यसपछि राप्रपा संसदीय दलका प्रमुख सचेतक शाहीले आपत्ति जनाए । सांसद पन्तले इतिहास तोडमोड उनले गरेको आरोप लगाए ।
त्यसपछि आक्रोशित हुँदै सांसद पन्तले भने, ‘इतिहास पढेर आउनू, जुम्लामा हा हु गरेजस्तो होइन ।’ त्यसपछि संसद्मा केहीबेर भनाभन भएको थियो । सांसद पन्तले विश्वमै राजतन्त्र भनेको षडयन्त्र भएको टिप्पणी गरे । उनले राजतन्त्र इतिहास भइसकेको भन्दै संसद्मा यसबारे बहस गर्न रोक लगाउन सभामुखको ध्यानाकर्षण गराए । ‘त्रास खडा गरेर वातावरण बिगारिन्छ भने प्रतिपक्ष त सडकमा गइसक्यो, सत्तापक्ष सडकमा आउने दिन आउन सक्छ,’ सांसद पन्तले भने ।


प्रतिक्रिया