मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देश कहिल्यै अमेरिकाको भाग नबन्ने क्यानडाका नवनियुक्त प्रधानमन्त्री कार्नीको बाचा

देश कहिल्यै अमेरिकाको भाग नबन्ने क्यानडाका नवनियुक्त प्रधानमन्त्री कार्नीको बाचा

न्यूजस्टोरी

क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले पदभार ग्रहण गर्नुभएको छ । जस्टिन टुडोले झण्डै एक दशक लामो नेतृत्वपछि गएको वर्ष जनवरीमा आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।

क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै कार्नीले देश कहिल्यै अमेरिकाको भाग वा हिस्सा नबन्ने बाचा गर्नुभएको छ ।

सत्तारुढ लिबरल पार्टीको नेता निर्वाचित भएको केही दिनपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चलिरहेको व्यापार युद्धको बीचमा उहाँले हिजो पदभार ग्रहण गर्नुभएको हो ।

कार्नीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै ५१ औँ राज्यका सन्दर्भमा गरेको टिप्पणीलाई ‘पागलपन’ को संज्ञा दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई गाभ्ने सार्वजनिक अभिव्यक्तिको पनि खण्डन गर्नुभएको छ ।

प्रधानमन्त्री कार्नीले आफ्नो पहिलो विदेश भ्रमण फ्रान्स र बेलायत हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

तत्काल ट्रम्पसँग भेट्ने कुनै योजना नरहेको उहाँको भनाइ छ । कार्नी नयाँ प्रधानमन्त्री बन्नु अघिदेखि नै क्यानडा र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ ।

यसअघि उहाँले थप आर्थिक द्वन्द्वबाट बच्नका लागि नयाँ व्यापार सम्झौताका लागि वार्ता गर्न ट्रम्पसँग छलफल गर्ने बताउनुभएको थियो ।