मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाताको भरमा हुँदै आएको गैंडा गणना यस वर्ष नहुने, अर्को वर्षको बाघ गन्ने काम पनि प्रभावित हुन सक्ने

दाताको भरमा हुँदै आएको गैंडा गणना यस वर्ष नहुने, अर्को वर्षको बाघ गन्ने काम पनि प्रभावित हुन सक्ने

न्यूजस्टोरी

काठमाडौं, १ चैत्र । हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना यो वर्ष नहुने भएको छ । यही ५ गतेदेखि गणना शुरू गर्ने तय भएकोमा आर्थिक अभावका कारण रोकिएको हो । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९यूएसएआईडी० को सहयोग रोकिँदा यस वर्षको गैंडा गणना कार्य प्रभावित भएको छ । दाताको भरमा गैंडा गणना कार्य हुँदै आएको थियो ।

गैंडा गन्न झन्डै डेढ करोड रुपैयाँ खर्च हुन्छ । त्यसमा जीपीएस उपकरण, ल्यापटप, टेन्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको झन्डै ५० लाख रुपैयाँ खर्च यूएसएआईडीले बेहोर्ने सहमति थियो । सरकारले गैंडाको नियमित अभिलेख राख्न बजेटको व्यवस्था गरेको छैन । यस वर्ष दाताबाट आर्थिक सहायता नपाएपछि गणना कार्य रोकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो । सम्भव भएसम्म निकुञ्जका पोस्टमार्फत एक–एक गैंडाको सङ्केतका आधारमा अवस्था पहिचान गर्ने उहाँले बताउनुभयो ।

चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटामा एक सिङ्गे गैंडा पाइन्छन् । अघिल्लो गणना सन् २०२१ का अनुसार सात सय ५२ वटा गैंडा थिए । त्यसमा सबैभन्दा धेरै चितवनमा ६ सय ९४ वटा, बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन वटा एक सिङ्गे गैंडा रहेका पाइएको थियो । गणनाबाट कुन क्षेत्रमा कति गैंडा छन् यकिन हुने र त्यसैअनुसार व्यवस्थापनमा सहज हुन्छ ।

यसपालि गैंडा र अर्को वर्ष बाघ गन्ने कार्यक्रम थियो । सहयोग रोकिँदा बाघ गन्ने कार्यक्रमसमेत प्रभावित हुन सक्ने चिन्ता रहेको विभागका महानिर्देशक डा। कँडेलले बताउनुभएको छ ।