मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युक्रेनसँग युद्ध शुरू भएपछि रुसी राष्ट्रपति पुटिन पहिलो पटक कुर्स्क क्षेत्रको भ्रमणमा

युक्रेनसँग युद्ध शुरू भएपछि रुसी राष्ट्रपति पुटिन पहिलो पटक कुर्स्क क्षेत्रको भ्रमणमा

न्यूजस्टोरी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गर्नुभएको छ । रुस–युक्रेन युद्ध शुरू भएपछि यो क्षेत्रमा उहाँको पहिलो भ्रमण हो । सार्वजनिक भएका तस्वीरहरूमा रुसी राष्ट्रपति पुटिन सैन्य पोशाकमा देखिनुभएको छ । रुसका चिफ अफ जनरल स्टाफले कुर्स्क क्षेत्रको ११ सय वर्ग किलोमिटर भूभाग युक्रेनको कब्जाबाट मुक्त गरिएको बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनले सन् २०२४ को अगस्टमा रुसको कुस्र्क क्षेत्रमा घुसपैठ गरी कब्जा गरेको थियो । त्यसपछि रुसले यहाँबाट हजारौं मानिसलाई यहाँबाट बाहिर निकालेको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुर्स्कको युद्धले बफर जोन बनाएको र पूर्वी युक्रेनमा रुसी सेना तैनाथ गर्न रोकेको बताउनुभएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत युद्धविरामको बारेमा कुरा गर्न मस्को पुग्दै हुनुहुन्छ । अमेरिकी टोली वार्ताका लागि मस्को पुग्दै गर्दा रुसले कुर्स्क क्षेत्र पुनः प्राप्त गर्ने अन्तिम चरणमा रहेको बताएको छ । तर अहिलेसम्म अमेरिकी प्रस्तावमा पुटिनबाट कुनै प्रतिक्रिया नआएको बीबीसीको खबरमा उल्लेख छ ।

यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको थियो र ट्रम्पले अहिले रुसलाई यसका लागि मनाउन खोजिरहनुभएको छ ।