मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना समाप्त

नेपालको चौथो हार, फाइनल खेल्ने सम्भावना समाप्त

न्यूजस्टोरी

युगान्डाविरुद्ध कमजोर ब्याटिङ प्रदर्शन गर्दै नेपाल वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आफ्नो पाँचौं खेलमा पराजित भएको छ।

बिहीबार सम्पन्न खेलमा घरेलु टोलीसँग नेपाल ४१ रनले पराजित भएको हो। चौथो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना समाप्त भएको छ। अब नेपालले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।
नेपाल यसअघि नामिबियालाई ६ विकेट तथा २३ रन र हङकङसँग दुई रनले पराजित भएको थियो। युगान्डासँग भने एक विकेटको जित निकालेको थियो।

युगान्ड तीन जितसहित फाइनलनजिक पुगेको छ। युगान्डा, नामिबिया र हङकङको समान ६ अंक छ। युगान्डाले दिएको ९२ रनको लक्ष्य पछ्याएको नेपालले १७।१ ओभरमा सबै विकेट गुमाउँदै ५१ रन मात्रै बनाउन सक्यो।

नेपालकी कविता जैशीले सर्वाधिक १२ रन बनाइन्। २६ बल खेलेकी उनले एक चौका प्रहार गरिन्।

कप्तान इन्दु बर्मा ११ रनमा आउट हुँदा चार ब्याटरले रनको खाता खोल्न सकेनन्। अन्यले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन्।

युगान्डाकी इरेन मुटोनी र इमाकुलते नाकिसुयीले समान तीन विकेट लिइन्। कोन्सी अवेको र जेनेट म्बाबाजीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि एन्टेबे क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर पहिला ब्याटिङ थालेको थियो। युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको थियो।

युगान्डाकी मध्यक्रमकी ब्याटर रिता मुसमालीले सर्वाधिक ३८ रन जोडिन्। ४८ बल खेलेका उनले तीन चौका प्रहार गरे।

इथर इलोकु २२ रनमा आउट हुँदा स्टेफानी नामपिना १३ रनमा अविजित रहिन्। अन्य ब्याटरको राम्रो प्रदर्शन हुन सकेन।

नेपालकी रिया शर्माले सर्वाधिक दुई विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले १६ रन खर्चिइन्। पूजा महतो, ईश्वरी विष्ट र रुविना क्षेत्रीको नाममा समान एक विकेट रह्यो।