मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

१२ वटा क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

न्यूजस्टोरी

काठमाडौं, २९ फागुन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका १२ वटा आंगिक क्याम्पसमा स्ववियु चुनाव अनिश्चित भएको छ । ५० आंगिक क्याम्पसमा मात्र उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये काठमाण्डौ उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन नसकेको हो । अरु क्याम्पसमा समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता भएको छ ।

आज प्रत्यक्ष र समानुपातिक दुवैतर्फको उम्मेदवारको दाबी विरोध, १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र ५ बजे उम्मेदवारको दाबी विरोधपछि अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

आज दिउँसो २ बजेदेखि पर्सि चैत २ गते राति १२ बजेसम्म प्रचार गर्न पाइनेछ । त्यसपछि मौन अवधि शुरू हुनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ । ८२ वटा क्याम्पसमा सर्वसम्मत अध्यक्ष चुनिएका छन् ।

त्रिविबाट आंगिक ६२ सम्बन्धन प्राप्त एक हजार ४० क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।