बुटवल, २८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही जाने भएका छन् । दिनभर विभिन्न कार्यक्रममा सहभागिता जनाउने अध्यक्ष प्रचण्डले ऐतिहासिक तथा धार्मिक स्थलको शिलान्यासदेखि खेलकुद प्रतियोगिता समापनसम्मका कार्यक्रमहरूमा सहभागी हुनेछन् ।
अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार आज बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया(६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । त्यसपछि अध्यक्ष प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा बुटवल(३ ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीले जानकारी दिए ।
त्यस्तै अध्यक्ष प्रचण्डले बुटवलको ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन कार्यक्रम रहेको जीसीले जानकारी दिए ।
त्यस्तै, आजको रुपन्देहीको अन्तिम कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्डले सैनामैनामा चलिरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा सहभागी रहने पनि जीसीले जानकारी दिए ।


प्रतिक्रिया