काठमाडौँ । राप्रपा सांसद रोशन कार्कीले फागुन २५ गते राजाको समर्थनमा निस्किएको भीड ट्रायल मात्र भएको भन्दै आगामी दिनमा राजाको पक्षमा यस्तो भीड बढ्दै जाने भएकाले गणतन्त्रवादीहरू लुक्ने ठाउँ खोज्दै गर्न आग्रह गरेकी छन् ।
आज (मंगलबार) को प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भनिन् ‘एक जना मित्रले भूत देख्नु भएछ । लेनिनको भूत हो की माओवादीको भूत हो प्रश्न गर्न चाहन्छु ?’, उनले भनिन् ‘अर्का मित्रले राजाको जयजयकार गरेको र नेताहरू जिल्ला जाँदा मुर्दावाद भनेको सुन्नु भएन होला । यो त मित्र ट्रायल मात्र हो ।’
उनले आगामी दिनमा राजाको पक्षमा ७३ जिल्लाका मन्छे थपिए नआत्तिन सुझाव समेत दिइन् । ‘त्यसबेला लुक्ने ठाउँ खोज्नु होला । २५ गतेको भीड नालायक सरकारले जन्माएको हो । जति दिन यो सरकारमा बस्नु हुन्छ त्यति भीड बढ्दै जानेछ’, कार्कीको भनाई छ ।


प्रतिक्रिया