मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद तोसिमाको पद रहने/नरहने फैसला आज

सांसद तोसिमाको पद रहने/नरहने फैसला आज

न्यूजस्टोरी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने/नरहने आज (फागुन २७) फैसला हुने सम्भावना छ । पछिल्लोपटक यही फागुन ४ गतेका निम्ति तोकिएको मुद्दाको निसु (निर्णय सुनाइने) आजलाई सारिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार बनेकी डा. तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो । उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

गएको पुस २५ देखि डा. तोसिमाको मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ ।