मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने

प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (मंगलबार) बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको हो। सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो ।

भोलिको संसद्मा प्रचण्डले बोल्ने गरी समय निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए । ‘पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नु भएको छ । भोलिको संसद्मा बोल्नका लागि संसद्सँग समय माग्नु भएको छ । उहाँले बोल्ने गरी समय निर्धारण भएको छ,’ बर्तौलाले भने ।