काठमाडौं । काठमाडौं आज विश्वका सबैभन्दा बढी वायु प्रदूषित सहरहरुको सूचीमा तेस्रो स्थानमा परेको छ।आज काठमाडौंको एयर क्वालीटी इन्डेक्स (एक्यूआई) १९७ पुगेको छ ।
आज सबैभन्दा धेरै भियतनामको हानोई सहर वायु प्रदूषणको १ नम्बरमा परेको छ । हानोइको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २४५ पुगेको छ । दोस्रो नम्बरमा भारतको दिल्ली सहर छ । यहाँको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २०३ पुगेको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५० एक्यूआई सम्मलाई सामान्य मानिन्छ । त्यसभन्दा माथिको गुणस्तर एक्यूआई अस्वस्थकर हुने चिकित्सकको भनाइ छ । 


प्रतिक्रिया