मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यानडामा लिबरल पार्टीका नेता कार्नी प्रधानमन्त्रीमा नियुक्त

क्यानडामा लिबरल पार्टीका नेता कार्नी प्रधानमन्त्रीमा नियुक्त

न्यूजस्टोरी

क्यानडामा लिबरल पार्टीका नेता मार्क कार्नी प्रधानमन्त्री बन्नुभएको छ । यही पार्टीबाट नियुक्त भएका निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारी कार्नीले केही दिनमा शपथ लिनुहुने बीबीसीले जनाएको छ ।

बेलायत र क्यानडाका केन्द्रीय बैंकका पूर्व प्रमुख मार्क कार्नीले तीन जना प्रतिद्वन्द्वीहरूविरुद्ध नेतृत्वको दौड जित्नुभएको हो । उहाँले आउँदो अक्टोबरसम्म हुने अर्को आम चुनावमा पार्टीको नेतृत्व गर्नुहुने खबरमा उल्लेख छ ।

नौ वर्षको कार्यकालपछि गएको जनवरीमा राजीनामाको घोषणा गरेका ट्रुडोलाई भने राजीनामा दिन आफ्नै पार्टी भित्रबाट दबाब बढेको थियो ।

यसैबीच कार्नीले अमेरिकाप्रति लक्षित गर्दै कहिले पनि विश्वास गर्न नसकिने देशबाट आफ्नो राष्ट्रले पछिल्लो समय खराब र अप्ठ्यारो परिस्थितिको सामना गर्न परेको बताउनुभएको छ ।

उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिकाले क्यानडालाई सम्मान नदेखाउँदासम्म अमेरिकी सामानहरूमा प्रतिशोधात्मक करहरू जारी राख्ने बताउनुभएको छ ।

यसअघि निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोले ट्रम्पको करहरू र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीहरूका कारण क्यानडाले छिमेकीबाट अस्तित्वको खतराको समस्या सामना गरिरहेको बताउनुभएको थियो ।