मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजावादीहरुले सक्रियता बढाएपछि माओवादीको जागरण अभियान स्थगित, आइतबार पदाधिकारी बैठक

राजावादीहरुले सक्रियता बढाएपछि माओवादीको जागरण अभियान स्थगित, आइतबार पदाधिकारी बैठक

न्यूजस्टोरी

काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गरेको छ । पछिल्ला दिनहरुमा राजावादीहरुले सक्रियता बढाएका बेला माओवादी केन्द्रले अभियान स्थगित गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीकै अलोकप्रिय र लोकतन्त्रविरोधी कदमको कारण गणतन्त्रमाथि प्रहार हुन थालेको बताउँदै आएका छन् ।
प्रचण्ड आजै सिमाराबाट काठमाडौं आउने पनि बताइएको छ । त्यस्तै माओवादी केन्द्रले राजावादीहरुको पछिल्लो गतिविधि बारे छलफल गर्न आइतबार पदाधिकारी बैठक समेत बोलाएका बताइएको छ । फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको माओवादीको जागरण अभियान आज रौतहट पुगेको थियो ।
राजावादीहरुले आइतबार पूर्वराजा पोखराबाट काठमाडौँ फर्किने कार्यक्रमलाई भव्य बनाउन र ठुलो जनउपस्थिति देखाउन तयारी गरिरहेका छन् ।