मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाण्डौमा र्‍याली

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाण्डौमा र्‍याली

न्यूजस्टोरी

काठमाडौं, २४ फागुन । एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाण्डौमा प्रदर्शन भएको छ ।

काठमाण्डौको माईतीघर मण्डलामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी), अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ (समाजवादी), नेपाल समाजवादी महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी लगायतका सङ्घ संस्थाहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले समान कामको समान ज्याला लागू गरौँ, महिलामाथि हुने सबैखाले हिंसाविरुद्ध सङ्घर्ष गरौँ, राज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत म्हिला सहभागिता सुनिश्चित गरौँ, लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार, हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लगायतका नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
यसैबीच महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाको सम्मान नहुने घर नर्क सरह हुने टिप्पणी गर्नुभएको छ ।

काठमाण्डौमा एक सय १५ औं अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उहाँले महिलाको आदर नहुने घरमा कहिल्यै पनि श्री नहुने बताउनु भयो ।

पुरुष र महिलामा कानूनी रुपमा कुने विभेद नभए पनि व्यवहारिक रपमा अझै कायम रहेको जिकिर गर्नुभयो । यसलाई हटाउन सरकार लागिरहेको उहाँको भनाइ छ ।

यस्तै मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउनेरनघटाउने भन्नेबारेमा आयोगले अध्ययन गर्ने बताउनुभयो ।

उहाँले समाजमा भइरहेको बालविवाहले पनि दुर्घटना निम्त्याइरहेको भन्दै विवाहको उमेर घटाउन सुझाव आएको बताउनु भयो ।

महिलाको स्वास्थ्यको ख्याल गर्दै २० वर्ष पुगेपछि मात्रै विवाहगर्न पाउने संवैधानिक व्यवस्था गरिए पनि कतिपय ठाउँमा अझै बालविवाह बढ्दो छ । उहाँले बलात्कारका घटना बढिरहेको भन्दै सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।