मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार

ट्रम्पलाई अर्को धक्का, युएसएआईडीको फन्ड फ्रिज गर्ने अनुरोध सर्वोच्चद्वारा अस्वीकार

न्यूजस्टोरी

काठमाडौँ ।  युएसएआईडी लगायतको कैयन बिलियन डलरको फन्ड फ्रिज गर्ने ट्रम्प प्रशासनको अनुरोध अमेरिकाको सर्वोच्च अदालतले बुधबार अस्वीकार गरेको छ । ह्वाइट हाउसलाई तल्लो अदालतमा मुद्दा जारी राख्न अनुमति दिँदै अदालतले रकम कहिले जारी गर्नुपर्छ भन्नेबारे भने केही बताएको छैन । 

सर्वोच्चका  ४ न्यायाधीश ट्रम्प प्रशासनको अनुरोधको पक्षमा देखिए पछि ५ जना न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका हुन् । ६ जना रुढिवादी र ३ जना लिबरल न्यायाधीशहरु रहेको सर्वोच्चको यो निर्णयले ट्रम्प प्रशासनलाई धक्का पुगेको छ ।

सर्वोच्च अदालतको अमेरिकी एजेन्सी युएसएआईडीलाई तिर्ने २ बिलियन डलरबारे सङ्घीय न्यायाधीशको शक्तिलाई समर्थन गरेको छ । अमेरिकी डिस्ट्रिक्ट कोर्टका न्यायाधीश अमिर अलीले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट रोकिएको रकम प्रदान गर्न आदेशहरूको शृङ्खला जारी गरेपछि ट्रम्प प्रशासनले दायर गरेको आपत्कालीन आवेदन सर्वोच्चले अस्वीकार गरेको हो ।

अदालतले मुद्दाको सुनुवाइ एक साता ढिलो गरेको हो । यसबिचमा ठेकेदारले भुक्तानी भने पाएका छैनन् । हस्ताक्षर नगरी जारी गरिएको आदेशमा अदालतले न्यायाधीश अलीले तत्काल भुक्तानीको लागि दिएको म्याद सकिएको र मुद्दा जिल्ला अदालतमा चलिरहेकाले थप निर्णय आउन बाँकी रहेको बताएको छ। मुद्दाबारे बिहीबार सुनुवाइ हुने भएको छ ।