बारा २१, फागुन । जिल्ला प्रहरी कार्यालय बारा कलैयाले आफ्नो एक महिनाको कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको छ ।
मिति २०८१ पुस १८ गते देखि मिति २०८१ फागुन २० गते सम्मको कार्य सम्पादन प्रगति विवरण सार्वजनिक गरेको हो ।
एक महिनामा विभिन्न मुद्धाका ५२ जना फरार फरार प्रतिवादीवाट १३ लाख लाख ८६ हजार ८ सय रुपयाँ जरिवाना असुलउपर गरेको छ । फरार प्रतिवादीलाइ भएको जम्मा कैदः १२ वर्ष, ७ महिना, १४ दिन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सन्तोष तामाङले जानकारी दिए । उनले भन्सार÷राजस्व संकलन बाट ३ करोड ५८ लाख ४० हजार ६ सय सय ५९ रुपयाँ संकलन गरिएको बताए । उनले एक महिनामा कर्तब्य ज्यान मुद्धा – १, सवारी ज्यान मुद्धा – ७, लागु औषध मुद्धा – १७, साइबर अपराध मुद्धा – १, अभद्र ब्यवहार मुद्धा –१७ गरि ४३ मुद्धा दर्ता गरिएको बताए । एक महिना विभिन्न मुद्धामा ८४ जनालाई पक्राउ गरिएको र ३ जना भारतीय पुरूष ,५ जना नेपाली महिला रहेको बताए । जिल्ला प्रहरी कार्यालयमा प्रमुखको रुपमा एसपी सन्तोष तामाङमा आएपछि बारामा अपराधीक गतिविधीमा कमी आएको स्थानीय वासिन्दाले बताएका छन् ।
बारा जिल्ला प्रहरी कार्यलयले गरेको एक महिनाको कार्य सम्पादन प्रगति विवरण यस्तो छ ।
जिल्ला प्रहरी कार्यालय बारा कलैया
(कार्य सम्पादन प्रगति विवरण)
जिल्ला प्रहरी कार्यालय बारा कलैयाद्धारा मिति २०८१(१०(१८ गते देखि मिति २०८१-११-२० गते सम्म (३० दिन) कार्य सम्पादन प्रगति विवरण ।
अपराध अनुसन्धान तथा कारवाही
फरार प्रतिवादी पक्राउः ५२ जना
फरार प्रतिवादीवाट जम्मा जरिवाना असुलउपरः१३८६८००। (अक्षरेपी-तेह्र लाख छ्यासी हजार आठ सय)
फरार प्रतिवादीलाइ भएको जम्मा कैदः १२ वर्ष, ७ महिना, १४ दिन
भन्साररराजस्व संकलनः ३५८४०६५९।( (अक्षरेपी-तीन करोड अन्ठाउन लाख चालिस हजार छव सय उन्नासठ्ठी)
प्रतिवादी पक्राउ गरी कारवाही भएका जम्मा मुद्धा दर्ता सं- ४३
कर्तब्य ज्यान मुद्धा – १
सवारी ज्यान मुद्धा – ७
लागु औषध मुद्धा – १७
साइबर अपराध मुद्धा – १
अभद्र ब्यवहार मुद्धा – १७
कारवाहीमा परी पक्राउ परेको जम्मा सङ्ख्या- ८४ (३ जना भारतीय पुरूष ,५ जना नेपाली महिला सहित)
लागु औषध नियन्त्रण तथा कारवाही सङ्ख्याः
गाजा नियन्त्रण : ३२०.३०९ कि.ग्रा.
अफिम नियन्त्रण: २९.४५१ कि.ग्रा.
ब्राउन सुगर नियन्त्रण: १७०.४ कि.ग्रा.
लागु औषध मुद्धामा मानिस पक्राउ सङ्ख्या:नेपाली पुरूष: २२ (भारतीय पुरूष सहित ४ जना )
स्रोत नखुलेको हुण्डी रकम पक्राउ(रू) ३०२५६५।
पक्राउमा परेको सङ्ख्या :१ (भारतीय पुरूष)
उजुरी तथा छानबिन कारवाही
जिल्ला प्रहरी कार्यालय बारामा परेको उजुरी सं : १४०
जिल्ला प्रहरी कार्यालय बारामा फर्छौट उजुरी सं : ८६
जिल्ला प्रहरी कार्यालय बारामा बाकिं रहेको उजुरी सं : ५४
यस कार्यालयमा घाउ जाच केश फारम गर्न परेको निवेदन: ११
महिला तथा बालबालिका एवं जेष्ठ नागरिक सेवा केन्र्द अन्तर्गत सेवा प्रवाह
महिला हराएको उजुरी सं : १३
महिला फेला परेको सं : ४
बालबालिका हराएको उजुरी सं : १८


प्रतिक्रिया