मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला

मधेश भवनभित्र मधेश शहीद प्रतिष्ठानका सदस्य मृत फेला

न्यूजस्टोरी

धनुषा । मधेश शहीद प्रतिष्ठानका सदस्य मृत भेटिएका छन् । मधेश भवनभित्र रहेको आवासमा मधेश शहीद प्रतिष्ठानका सदस्य नरेश यादव आज बिहान आफ्नै ओछ्यानमा मृत फेला परेका हुन् ।

उनले त्यहाँ बान्ता गरेको भेटिएको छ। मृत्युको कारण भने नखुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शव बिहानै पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको र पोस्टमार्टम रिपोर्टपश्चात उनको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।