मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालय बन्द गरेर माओवादीको आमसभा, पढ्न आएका विद्यार्थी घर फर्काइयो

विद्यालय बन्द गरेर माओवादीको आमसभा, पढ्न आएका विद्यार्थी घर फर्काइयो

न्यूजस्टोरी

जनकपुरधाम । तराई-मधेस जागरण अभियान नेकपा माओवादी केन्द्रले धनुषाको हंसपुर नगरपालिकामा विद्यालय बन्द गराएर सभा गरेको छ ।

हंसपुर नगरपालिका-६ सोनगमास्थित राष्ट्रिय प्रावि विद्यालयमा माओवादीले कार्यक्रम राखेको थियो । अध्यक्ष ‘प्रचण्ड’ सहितका नेताले सम्बोधन गरेका छन् । माओवादीका स्थानीय नेताको दबाबले विद्यालय बन्द गरिएको स्थानीयले बताएका छन् । अचानक विद्यालय बन्द भएपछि पढ्न आएका विद्यार्थीलाई घर पठाइएको छ ।

विद्यालयमा आमसभा हुने र बन्द हुनेबारे जानकारी नपाएका कारण विद्यार्थी पढ्न भन्दै किताब कापी बोकेर आएका थिए । तर गेटमा पुगेपछि मात्र विद्यालय बन्द गरेर आमसभा आयोजना गरिएको जानकारी दिइएको बताइएको छ । त्यसपछि ड्रेस लगाएर आएका विद्यार्थीलाई घर फर्काइएको थियो ।