मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते

इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते

न्यूजस्टोरी

इलाम । इलाममा पिकअप भ्यान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

माई नगरपालिका–१ पाल्टार माईखोला पुल नजिकै पिकअप दुर्घटना हुँदा कम्तीमा १५ जना घाइते भएका इलामका कार्यवाहक प्रमुख जिल्ला अधिकारी हरि मगरले जानकारी दिए । महमाईबाट नेपाल मगर संघको एक कार्यक्रममा सहभागी लिएर दानाबारीतर्फ आउदै गरेको प्रदेश १–०२–००२च ४१९२ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरूलाई माई अस्पतालमा उपचार भईरहेको छ । जसमध्ये ८ जनालाई थप उपचारका लागि बिर्तामोडतर्फ लगिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।