काठमाडौं । अस्कर विजेता हलिउड अभिनेता जिन ह्याकम्यान र उनकी पत्नी बेट्सी आराकावा आफ्नै घरमा मृत फेला परेका छन्। अमेरिकाको न्यु मेक्सिको राज्यस्थित सान्टा फेमा उनीहरुको शव फेला परेको हो।ह्याकम्यान ९५ र उनकी पत्नी ६३ वर्षका थिए।
सान्टा फे प्रहरीले भनेको छ, ‘जिन ह्याकम्यान र उनकी पत्नी दुवै बुधबार दिउँसो आफ्नो निवासमा मृत फेला परेको हामी पुष्टि गर्छौं। अनुसन्धान चलिरहेको छ। तर, कुनै आपराधिक गतिविधि कारक भएको विश्वास हामीलाई छैन।’ ह्याकम्यानले ६ दशकभन्दा लामो अभिनय करिअरमा २ ओस्कर, २ बाफ्टा, ४ गोल्डेन ग्लोब्स र १ स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेका थिए।
१९७१ को द फ्रेन्च कनेक्सन नामक फिल्मबाट उनले उत्कृष्ट अभिनेता विधामा अस्कर जितेका थिए भने १९९२ मा अनफरगिभन फिल्मबाट उत्कृष्ट सहअभिनेता विधामा। त्यसबाहेक बोनी एन्ड क्लाइड, आई नेभर स्याङ फर माइ फादर र मिसिसिपी बर्निङ जस्ता फिल्ममा पनि उनको प्रशंसा भएको थियो।


प्रतिक्रिया