मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यालयको कोठामा मृत फेला परे ७५ वर्षीय चौकीदार

विद्यालयको कोठामा मृत फेला परे ७५ वर्षीय चौकीदार

न्यूजस्टोरी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाको असिग्राम माध्यमिक विद्यालयमा एक वृद्ध मृत फेला परेका छन्। शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ७५ वर्षीय चिमड्या सोती विद्यालयभित्रै मृत फेला परेका हुन। सोती विद्यालयका चौकीदार भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार बिहीबार बिहान विद्यालयको कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो। सोती सोही विद्यालयमा चौकीदारको रुपमा कार्यरत थिए। उनको मृत्युको कारण खुलेको छैन। अहिले घटनास्थलममा इलाका प्रहरी कार्यालय झलारीको टोली पुगेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।