मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ४३ औँ मगर एकता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज ४३ औँ मगर एकता दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

न्यूजस्टोरी

बुटवल, १५ फागुन । मगर समुदायले आज ४३ औं मगर संघ स्थापना एवम् मगर एकता दिवस मनाउँदैछन् । २०३९ साल फागुन १५ गते तनहुँको दमौलीमा मगर संघ स्थापना भएको दिनको सम्मानमा मगर समुदायले यस दिन मगर एकता दिवसको रुपमा मनाउँदै आएका छन् ।

स्थापना दिवस परम्परागत भेषभुषासहितको र्याली प्रदर्शनी तथा सोरठी, कौडा, सालैजो र घाटु नाचसहित मनाइने प्रचलन रहेको छ ।
मगर समुदायले फागुन १५ गते सार्वजनिक बिदा दिनुपर्ने, नेपालका प्रथम शहीद भनिने लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएका छन् ।
तर आदिवासी जनजातिमध्ये पहिलो र समग्रमा तेस्रो ठूलो जनसंख्या भएको मगर समुदायको मागलाई सरकारले सधैं बेवास्ता गरेको उनीहरुको गुनासो छ ।