मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भियतनाममा जन्मदिन मनाउँदा पोखराकै जस्तो बेलुन विस्फोट

भियतनाममा जन्मदिन मनाउँदा पोखराकै जस्तो बेलुन विस्फोट

न्यूजस्टोरी

काठमाडौँ । फागुन ३ गते पोखरा भ्रमण वर्ष उदघाटन कार्यक्रममा हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट हुँदा जलेर अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्य घाइते भएका थिए ।

भियतनाममा पनि केही दिन अघि यस्तै प्रकारको एउटा घटना भएको छ । उक्त घटना सरकारी स्तरको कार्यक्रममा नभएर एक युवतीले आफ्नो जन्मदिन मनाउने क्रममा भएको हो ।

उक्त दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । हनोइमा भएको भनिएको सो घटनामा युवतीले केकमा बालिएको मैनबत्ती फुक्ना साथ हाइड्रोजन ग्यास भरिएको बेलुन विस्फोट भएको भिडियोमा देखिन्छ ।

ती युवतीले एउटा रेस्टुरेन्टमा जन्मदिनको कार्यक्रम आयोजना गरेकी थिइन् । रेस्टुरेन्टमा हाइड्रोजन ग्यास भरिएका बेलुनले सजाइएको थियो । सोही क्रममा मैनबत्तीको नजिकै आइपुगेको एउटा बेलुन पड्कियो र आगोको मुस्लोले ती युवती घाइते भइन् ।