मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२ वर्षीया बालिका बलात्कृत भई गर्भवती भएको विषय उठ्यो संसदमा

१२ वर्षीया बालिका बलात्कृत भई गर्भवती भएको विषय उठ्यो संसदमा

न्यूजस्टोरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले अछामकी १२ वर्षीया बालिकामाथि छिमेकीबाट बलात्कृत भएपछि गर्भवती भएको घटना संसदमा उठाएकी छन् ।

अछाममा १२ वर्षीय बालिकालाई अस्पतालमा उपचारका लागि लैजाँदा उनी गर्भवती रहेको र उनीमाथि बलात्कार भएको सार्वजनिक भएको थियो । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले ती बालिकाको भविष्यबारे चिन्ता व्यक्त गरेकी छन् ।

‘सरकारले कहिले ध्यान दिन्छ ? यस्ता खालका घटनाहरूलई रोक्न प्रहरी प्रशासनले अलि तदारूकताका साथ काम गर्नुपर्ने ठाउँमा त्यहाँ पनि भ्रष्टाचारको जालोबाट रूमलिएको छ । त्यहाँ पनि बालिकाहरूले न्याय पाउँदैनन् । मरेपछि पनि पाउँदैनन् जिउँदो हुँदा पनि पाउँदैनन्,’ उनले भनिन् ‘अब २५ हप्ताको गर्भवतीले गर्भपतन पनि गर्न मिल्दैन । बालिकाको भविष्य के होला ? मैले सदनलाई प्रश्न गर्न छोडें । म आफैंसँग प्रश्न गर्छु ती बालिकाको भविष्य के होला ?’ यस्ता घटनाहरू भइरहँदा सरकार मौन रहेको उनको गुनासो थियो ।