मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धर्म परिवर्तन र जातजाति लडाउनमा कति विदेशी लगानी भयो ? श्वेतपत्र जारी हो : सांसद सिंह

धर्म परिवर्तन र जातजाति लडाउनमा कति विदेशी लगानी भयो ? श्वेतपत्र जारी हो : सांसद सिंह

न्यूजस्टोरी

काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले विदेशी गैरसरकारी संस्थाले नेपालमा गरेको लगानी सम्बन्धमा श्वेतपत्र जारी गर्न माग गरेका छन् । आज (सोमबार) को प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले नेपालमा गरिएको खर्च सम्बन्धमा श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका हुन् ।

‘त्यो विदेशी लगानी धर्म परिवर्तन गराउनमा कति र जातजाति लडाउनमा कति खर्च भयो ? त्यसको जानकारी गराउनका लागि सभामुखसँग रूलिङको माग गर्छु,’ सांसद सिंहले भने । सांसद सिंहले मुलुक सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टमा परेको बारे संसद्मा अर्थमन्त्रीको तर्फबाट जानकारी गराउन माग गरेका छन् ।