मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शान्ति सुरक्षामा एसपी तामाङ्गको पहल : बारा प्रहरी प्रमुखको कमाण्ड सम्हाले लगतै शान्ति कायम

शान्ति सुरक्षामा एसपी तामाङ्गको पहल : बारा प्रहरी प्रमुखको कमाण्ड सम्हाले लगतै शान्ति कायम

न्यूजस्टोरी

बारा, १० फागुन। जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ्ग प्रमुखको जिम्मेवारी सम्हाले लगतै अपराधका घटनामा कमि आएका छन् । बारा जिल्लाको कमाण्ड सम्हाल्दै गर्दा एसपी तामाङ्गले जिल्लामा हुने हरेक आपराधीक कार्यमा कसैको दबाब र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने बताउनुभएको थियो । जनताले प्रत्यक्ष अनुभुती गर्ने गरि आफुले आम नागरिकसंग जिल्ला प्रहरी प्रमुख तथा सुरक्षाका निम्ति जनतासंग प्रहरी भन्ने एक कार्यकम समेत छिट्टै सार्वजनिक गरि कार्यन्यनमा ल्याउने बताउनुभएको छ । उहाँले कमाण्ड सम्हाले लगतै ४ लाख ८० हजार बरावरको अवैध घरेलु मदिरा र बारा जिल्लको महागढीमाई नगरपालिका स्थित रामटोलका तीनवटा भट्टी गरि जिल्लाका विभिन्न स्थानमा रहेमा पाँचवटा मदिरा बनाउने भट्टी नष्ट गरिएको छ ।
प्रहरी निरिक्षक दिलिप कुमार थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानमा पुगेर अवैध मदिरा नष्ट गरेका हो ।