मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्कको प्रगतिमा बाधा पुर्‍याउन जिम्मेवार देश सबैलाई जानकारीमा रहेको भारतको प्रतिक्रिया

सार्कको प्रगतिमा बाधा पुर्‍याउन जिम्मेवार देश सबैलाई जानकारीमा रहेको भारतको प्रतिक्रिया

न्यूजस्टोरी

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को प्रगतिमा बाधा पुर्‍याउन जिम्मेवार देश र गतिविधिबारे दक्षिण एशियाका सबैलाई जानकारी रहेको भारतीय विदेश मन्त्रालयले टिप्पणी गरेको छ ।

देशको नाम नलिइकन भारतले पाकिस्तानलाई लक्षित गरी उसका कार्यहरू सार्कको प्रभावकारिताका लागि महत्त्वपूर्ण बाधाका रुपमा रहेको सङ्केत गरेको हो ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले साप्ताहिक ब्रिफिङलाई सम्बोधन गर्दै भन्नुभयो ‘दक्षिण एशियाका सबैलाई थाहा छ कुन देश र कुन गतिविधिहरू सार्कलाई अवरुद्ध गर्न जिम्मेवार रहेका छन् ।’

दक्षिण एशियाली समूहको पुनरुत्थानका लागि बङ्गलादेशको नयाँ दबाबले छलफल शुरू गरेपछि भारतको पछिल्लो प्रतिक्रिया सार्वजनिक भएको हो ।

विदेशमन्त्री जयशङ्कर र बङ्गलादेशका विदेश सल्लाहकार तौहिद हुसैनबीच गएको हप्ता सार्कबारे ओमानको मस्कटमा छलफल भएको प्रवक्ता जैसवालले बताउनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बैठकमा विदेशमन्त्री जयशङ्करले बङ्गलादेशले आतङ्कवादलाई सामान्य बनाउन नहुने भारतको चिन्ता व्यक्त गर्नुभयो ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० दक्षिण एशियाका देशहरुको सङ्गठन हो । यसका सदस्य देशहरु नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान र श्रीलङ्का रहेका छन् ।