मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोजरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

डोजरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी बालिकाको मृत्यु

न्यूजस्टोरी

गुल्मी । गुल्मीमा डोजरले खसालेको ढुङ्गाले लागेर विद्यालय जाँदै गरेकी एक बालिकाको मृत्यु भएको छ । इश्मा गाउँपालिका–२ टारगाउँमा जेसीबीले बाटो खन्ने क्रममा खसालेको ढुङ्गाले लागेर ८ वर्षकी विष्णु कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जिवी दाहालले जानकारी दिए ।

जेसीबीले छल्दीबाट हस्तीचौर जाने कच्ची सडक खनिरहेको थियो । बनिरहेको बाटोको तलपट्टिबाट विद्यालय जाँदै गरेकी बालिका ढुङ्गाले लागेर घाइते भएकी थिइन् । उपचारका लागि गुल्मी अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

स्थानीयले भने जेसीभी चालकको लापरबाहीले बालिकाको मृत्यु भएको आरोप लगाएका छन्। जेसीभी चालक मकवानपुरका राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार थापा नेतृत्वको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।