मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंहदरबारमा सत्तापक्षीय सात दलका प्रमुख सचेतकहरूको बैठक

सिंहदरबारमा सत्तापक्षीय सात दलका प्रमुख सचेतकहरूको बैठक

न्यूजस्टोरी

काठमाडौँ । सिंहदरबारमा सत्ता पक्षीय सात दलका प्रमुख सचेतकहरूको बैठक बसेको छ । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक बसिरहेको हो ।

सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल भइरहेको बताइएको छ।यसअघि शनिबार सत्तारुढ दलहरूले भूमि सम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेशलाई सदनमा अघि बढाउने निर्णय गरेका थिए । राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनमा प्रतिनिधित्व गर्ने सत्ता साझेदार दलका प्रमुख सचेतकहरुबीच सदनको कारबाहीमा एकरूपता र अध्यादेश पारित गर्ने बारेमा योजना बनाउन बैठक बोलाइएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

शनिवार बसेको सत्ता साझेदार दलहरूको शीर्ष नेताको बैठकले भूमि बाहेकका अन्य अध्यादेश तत्काल दुवै सदनमा टेबल गर्ने सहमति जुटाएको थियो । भूमि अध्यादेशमा पनि खासै विमति नरहेको र सत्ता साझेदार दलहरूको सहमतिबाटै टुङ्गिने बर्तौलाले बताएका छन् । बैठकमा कांग्रेसका मुख्य सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौला लगायत जसपा, जसपा नेपाल, जनमत, नाउपा र लोसपाका प्रमुख सचेतक सहभागी छन् ।