मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गर्‍यो

हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गर्‍यो

न्यूजस्टोरी

प्यालेस्टिनी लडाकू समूह हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ । एक हप्ताको अन्योलपछि हमासले थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको बीबीसीले जनाएको छ ।

यसको बदलामा इजरायलको विभिन्न जेलमा रहेका तीन सय ६० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दी छुट्दैछन् । रिहा भएका बन्धकहरूमा अलेक्जेन्डर ट्रुभनोभ, याएर होर्न र सागी डेकल–खेन रहेका छन् । उनीहरू सबै इजरायली नागरिक हुन् ।

रेडक्रसका कर्मचारीहरूले हमासका सदस्यहरूसँग बन्धकको रिहाइसँग सम्बन्धित कागजातहरूमा हस्ताक्षर गरेपछि बन्धकहरूलाई कारमा राखेर रिहाइ विन्दुमा ल्याइएको थियो । रिहाइअघि तीनै जनालाई हमासले खान युनिसको मञ्चमा खडा गराएको थियो । त्यसपछि बन्धकहरूलाई त्यहाँ उपस्थित मानिसहरूसँग कुरा गर्न माइक्रोफोन दिइएको थियो ।

गएको जनवरी १९ मा हमास र इजरायलबीच युद्धविराम सम्झौता भएयताको यो छैटौं पटकको बन्धक रिहा हो ।

यसअघि गएको सोमवार इजरायलले युद्धविरामका शर्त उल्लङ्घन गरेको भन्दै हमासले बन्धक रिहा नगर्ने जनाएपछि युद्धविराम भङ्ग हुने चिन्ता उत्पन्न भएको थियो । त्यसपछि इजरायलले हमासलाई जीवित बन्धकलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध शुरू गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने चेतावनी दिएपछि उसले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो ।