मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ४ देखि ७ घण्टासम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने

आज ४ देखि ७ घण्टासम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने

न्यूजस्टोरी

काठमाडौं, ३ फागुन । आज काठमाण्डौका विभिन्न ठाउँमा बिजुली नआउने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने ठाउँहरुमा बिजुली काटिने छ ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुशी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म ४ घण्टा बिजुली बन्द हुनेछ ।

त्यस्तै महाराजगञ्ज वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवासलगायतका ठाउँमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म ७ घण्टा बिजुली अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

तोकिएको कार्य निर्धारित समय अघि नै सम्पन्न भएमा लगत्तै बिजुली आउने प्राधिकरणले जनाएको छ ।