काठमाडौं । १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देहीमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा देवदह नगरपालिका-३ गौरी टोल बस्ने २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोबिन्द थापा रहेका छन्। ती बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई बिहीबार साँझ पक्राउ गरेको हो।
पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य संस्था पठाइएको छ भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया