मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिशुलीमा मोटरसाइकल खस्यो, भारतीय सेनामा आवद्ध राना बेपत्ता

त्रिशुलीमा मोटरसाइकल खस्यो, भारतीय सेनामा आवद्ध राना बेपत्ता

न्यूजस्टोरी

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको २ किलोबाट मोटरसाइकल त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् । सडक छेउमा बनाइएको वालमा ठोक्किएर बा प्रदेश–०६–०२ प ९२०४ नम्बरको बुलेट मोटरसाइकल त्रिशुलीमा खसेको हो ।

घटनास्थलमा भेटिएका कागजपत्रबाट मोटर साइकल चालक लमजुङ चन्द्रेश्वर –३ का २७ वर्षीय रोहित राना रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी भारतीय सेनामा आवद्ध रहेको परिचयपत्र घटनास्थलमा भेटिएको छ । प्रहरी, सशस्त्र प्रहरी र गोदाखोरको टोलिले उद्दार कार्य जारी राखेका छन् ।