मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

ठमेलमा प्रहरी कुट्ने अखिल नेता कमलराज जोशी पक्राउ

न्यूजस्टोरी

काठमाडौं, १ फागुन । काठमाडौंको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा एमाले निकट अखिल नेता कमलराज जोशी पक्राउ परेका छन्।

उनलाई बिहीबार दिउँसो प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए।
माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम ९क्यूआरटी० को टोलीमाथि आक्रमण गरेको थियो । आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो ।
आइतबार प्रहरीमाथि आक्रमण गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।

पक्राउ परेका दुवै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ भने सोही घटनामा जोडिएका ५ जनाविरुद्ध जनाविरुद्ध पक्राउ पूर्जी जारी हुँदा अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई ‘उन्मुक्ति’ दिइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।