काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढेको छ । मंगलबार ६.५४ अंकले बढेको नेप्से आज (मंगलबार) १.८६ अंकले बढेको हो । शून्य दशमलव शून्य ६ प्रतिशतले बढेर २६८५.७३ विन्दुमा बन्द भएको छ ।
कुल १३४ कम्पनीको सेयर मूल्य बढ्यो भने ९९ कम्पनीको मूल्य बढ्यो । ११ कम्पनीको मूल्य स्थिर रह्यो । कुल ८२ हजार ८५० पटकको सेयर किनबेचबाट १ करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर किनबेच भए । आज ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।
कुल १३ उपसमूहमध्ये ४ उपसमूहको मूल्य बढ्यो । अन्य उपसमूहहरु घट्यो । विकास बैंक, निर्जीवन बिमा, फाइनान्स र इन्भेष्टमेन्ट उपसमूह मात्रै बढ्यो ।


प्रतिक्रिया