किरण कुवँर
चितवन, २९ माघ । आजबाट चितवनको सौराहामा खाना महोत्सव सुरु भएको छ । प्रणय दिवसको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) सौराहा चितवनको आयोजनामा आजदेखि १९ औँ संस्करणको महोत्सव सुरु भएको हो । महोत्सवको बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरीले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोेल्दै मन्त्री ठकुरीले सौराहाको पर्यटनको विकासका लागि प्रदेश सरकारले प्राथमिकता राखेको बताएका छन् । मन्त्री ठकुरीले खाना महोत्सवले सौराहाको पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा समेत ब्यक्त गरेृ ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका संसाद तथा पुर्वमन्त्री कृष्णप्रसाद खनालले अहिले निकुञ्ज ऐन खारेज गर्नुपर्ने बताए । सौराहा क्षेत्रको विकास तथा मेलाको आयोजना गर्ने ठाउँका लागि बेला बेला निकुञ्ज बाधक बन्ने गरेको भन्दै त्यसलाई हटाउनका लागि ऐन नै परिमार्जन गर्नुपर्ने धारणा ब्यक्त गरे ।
आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्यका साथ खाना, सङ्गीत र संस्कृतिलाई सँगसँगै अगाडि बढाएर महोत्वसको आयोजना गरिएको हो । ुसमग्र चितवनको पर्यटन विकासमा उत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकको भनाइ छ ।


प्रतिक्रिया