मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पामा अटो दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु

रोल्पामा अटो दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु

न्यूजस्टोरी

रोल्पा, माघ २९ गते । रोल्पामा अटो दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । रुन्टीगढी गाउँपालिका २ धरमपानीका इन्द्रबहादुर घर्तीको मंगलबार अटो दुर्घटनामा परी मृत्यु भएको हो ।

रुन्टीगढी गाउँपालिका ४ सुर्पाल बजारबाट २ नम्बर वडाको धरमपानी जाँदै गर्दा कच्ची बाटोमा अटो दुर्घटनामा परेको दुर्घटना स्थलमा पुग्नुभएका इलाका प्रहरी कार्यालय होलेरीका सइ धनबहादुर रानामगरले जानकारी दिनुभयो ।

दुर्घटनामा परी अटो चालक रुन्टीगढी गाउँपालिका १ राम्लीका मनराज नेपाली र अटोमा सवार सुनिलस्मृति गाउँपालिका २ का मनबहादुर परियारको घाइते हुनुभएको छ । दुवैको अवस्था समान्य रहेको सइ रानामगरले जानकारी दिनुभयो ।

अटोमा चालकसहित ३ जना सवार थिए । कच्ची सडक र बाटोमा खाल्डाखुल्डीका कारण दुर्घटना भएको हुनसक्ने उहाँकाे भनाइ छ ।