मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालकाे निर्णय

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालकाे निर्णय

न्यूजस्टोरी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । आज (मंगलबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको संसदीय दलको प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन् ।

यादवले भनिन्, ‘सरकारले ल्याएको ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय भएको छ । अन्य पाँच वटा अध्यादेशलाई समर्थन गर्ने सहमति भएको छ ।’ सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । यस्तो निर्णय गर्नु अगाडि जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदन समेतका आधारमा यस्तो निर्णयमा पुगिएको जसपा नेपाल सांसद प्रकाश अधिकारीले जानकारी दिए। ‘भूमि सम्बन्धी अध्यादेशमा वन क्षेत्रको जग्गा नोक्सान गर्ने, सार्वजनिक जग्गाको नोक्सान गर्ने प्रावधान छ । भूमाफियाको प्रभाव बढ्न नदिन र जनताको पक्षका लागि यस्तो निर्णयमा पुगिएको हो,’ अधिकारीले भने ।