काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । काठमाडौंमा आइतबारदेखि जारी महाधिवेशनमा आज नेतृत्व चयन हुन लागेको हो । नेसपाको अध्यक्षमा डा. बाबुराम भट्टराईसँगै नेत्रप्रसाद चापागाईंले उम्मेदवारी दिएका छन् । आज दिउँसो ३ बजेदेखि मतदान सुरु हुने जनाइएको छ ।
त्यस्तै उपाध्यक्ष खस आर्यमा जनकराज शाह र ईश्वर रिजालको उम्मेदवारी परेको छ । उता महिला उपाध्यक्षमा भने मानुषी यमि भट्टराईको मात्रै उम्मेदवारी परेको छ । आदिवासी जनजाति उपाध्यक्षका लागि भने रामबहादुर घले, टेकबहादुर बाठामगर, अनुप सिं सुवाल र दलबहादुर लिम्बुको उम्मेवारी परेको छ । दलित उपाध्यक्षमा भने दुर्गा सोबको एकल उम्मेदवारी परेको छ । त्यस्तै मधेशी थारु उपाध्यक्षका लागि उमेश शाह र चिनक कुर्मी मैदानमा उत्रिएका छन् भने घमान सिंह गुरुङ, सोनाम सिं स्याङ्तान र राजु नेपाल महसचिवका लागि मैदानमा उत्रिएका छन् ।
नेसपामा ११ सदस्यीय पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । त्यसमध्ये ९० जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने ९ जना भने मनोनीत हुनेछन् ।


प्रतिक्रिया