मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनमा फुड फेष्टिवल

चितवनमा फुड फेष्टिवल

न्यूजस्टोरी

चितवन, २३ माघ । चितवनको सौराहामा माघ २९ गतेबाट सौराहा फुड फेष्टिबल हुनेभएको छ । पर्यटक भित्र्याउने उदेश्यले रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका(रेवान)को आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अवसर पारेर हरेक बर्ष सौराहामा फुड फेष्टिबल हुँदै आएको छ । आयोजक रेवान सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी फेस्टिवलको उद्देश्य र तयारीको बारेमा जानकारी गराइएको हो । चितवनको पर्यटन विकासको लागि फेस्टिबल आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । “प्राकृतिक सौन्दर्यता, चितवन सौराहाको विशेषता” लाई आत्मसाथ गर्दै सौराहा स्थित पर्यटक बस पार्क जाने बाटोको उत्तर तर्फको खाली जग्गामा हुने फेस्टिवल हुने छ ।