मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिले नेपालमा लगानीको वातावरण बनेको छ : शंकर पोखरेल

अहिले नेपालमा लगानीको वातावरण बनेको छ : शंकर पोखरेल

न्यूजस्टोरी

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लगानीको वातावरण बनेको दाबी गरेका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा महासचिव पोख्रेलले सो कुरा बताएका हुन् । सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको उनको भनाई छ ।

जापान–नेपाल विकास मञ्चका सभापति एवम् पूर्व संसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजजदूत डा. दुर्गाबहादुर सुवेदी, नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूसहित उच्चस्तरीय छलफलमा जापानी प्रतिनिधिहरूले नेपालमा लगानीका विभिन्न सम्भावनाहरूप्रति चासो व्यक्त गरेका थिए । नेपालमा लगानीका सम्भावनाहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकमा शैक्षिक, आर्थिक, सांस्कृतिक, प्राविधिक तथा कृषि क्षेत्रका विषयमा विस्तृत छलफल भएको थियो ।