मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड बेनीमा, खबरदारी सभालाई सम्बोधन गर्ने

प्रचण्ड बेनीमा, खबरदारी सभालाई सम्बोधन गर्ने

न्यूजस्टोरी

म्याग्दी । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले आज (मंगलबार) म्याग्दीको बेनीमा खबरदारी सभा गर्दैछ। सभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार साँझ नै बेनी पुगिसकेका छन् । प्रचण्ड पोखरा हुँदै हिजो बेनी पुगेका हुन् ।

प्रचण्डसँगै माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज दिनानाथ शर्मा, सह इन्चार्ज हरिराज अधिकारी, केन्द्रीय सदस्यहरू राजकाजी गुरुङ, नेत्र अधिकारीसहितका नेता पनि बेनी पुगेका छन् । अध्यक्ष प्रचण्डले आज बिहान स्थानीय विकास निर्माणका आयोजनाहरुको पनि निरीक्षण गरेका उनको सचिवालयले जनाएको छ । त्यसक्रममा उनले स्थानीयसँग छलफल पनि गरेका छन् ।